सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु

दाङ, ०७ फागुन ।

सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ। वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो। सिलवाल सेनाको सबुज गणमा कार्यरत थिए। सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु १ ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए। अन्यको उपचार भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस