ठक्कर बाट घाइते बोहराको उपचारगर्न लैजाँदै गर्दा मृत्यु

सुर्खेत,७ फागुन ।सुर्खेतको भेरिगंगा नगरपालिका १२ छिन्चु बजारमा गयराती फोर्स गाडिले एक यूबकलाइ ठकर दिएको छ।बा.३ ख. ६३५२ नम्बरको फोर्स नेपालगंज बाट आउदै गर्दा मंगलबार राती ८:३० बजे छिन्चुमा युवालाइ ठकर दिएको हो ।
भेरिगङ्गा नगरपालिका ४ का अन्दाजी ३२ बर्षका राजु बोहोरा आफ्नो भे ४ प. ६३३८ नम्बरको मोटरसाइकल रोकि हिड्ने क्रममा पछाडि बाट आएको फोर्स गाडिले ठक्कर दिएको थियो ।ठकरबाट गम्भीर घाइते भएका बोहरालाइ उपचारको क्रममा नेपालगन्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्थाई ट्राफिक पोस्ट छिन्चुले बताएको छ । अहिले छिन्चु देखि छोटा तथा लामा दुरिकै कुनै पनि यातायातका साधन चलेका छैनन त्यस्तै छिन्चु बजारका सम्पुर्ण पसलहरु आफन्तहरुले बन्द गरि आन्दोलन गर्ने तयारिमा रहेका छन । उता उक्त फोर्स मसिनाको जङ्गलमा छोडी फोर्स गाडिका चालक र साउ सम्पर्क बिहिन भएका छन ।

प्रतिक्रिया दिनुहोस