सल्यानमा पनि मनाइयो ७०औ राष्ट्रिय प्रजातन्त्र दिवश

सल्यान,७ फागुन ।सल्यानमा पनि आज नेपाली कांग्रेसले ७०औ प्रजातन्त्र दिवस मनाएको छ।पार्टीका जिल्ला उपसभापति निम् बहादुर वलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान केंद्रीय सदस्य तथा नेता डिल्लीराज रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।त्यस्तै बिशिश्ट अतिथिहरुमा पूर्व शिक्षाराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता राजेन्द्र बहादुर शाह,जिल्ला समन्व समिति सल्यानका प्रमुख तथा नेपाली काँग्रेसका नेता केशबहादुर बिस्ट, छत्रेस्वरीगाउँपालिका अध्यक्ष सन्तोष केसी रहनुभएको थियो भने अन्य अतिथिहरुमा तरुण्दल सल्यानका कार्यवहाक अध्यक्ष सबिन हमाल,नेपाल बिद्यार्थी संघ सल्यानका नेता रमेश के.सी लगायतका रहनुभएको थियो।ने.का.सल्यानका शिव शर्माको स्वागत मंतव्यबाट सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात शहिदप्रति एक मिनट मौनधारण गरिएको थियो भने वि.पि.को तस्बीरमा टिका तथा पुष्प आवरण गराई वि.पि.लाई समझना गरिएको थियो।कार्यक्रममा बोल्ने सबैले राष्ट्र नायक वि.पि को शिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्नुको बिकल्प नरहेको ले नेपाली कांग्रेस अब नसुस्ताउन समेत जोड दिनुभएको हो।वि.पि नेपाली कांग्रेसको धरोहर भएकोले आगामी दिनमा गुटुउपगुट भन्दा पनि मिलेर जान समेत आग्रह गर्नुभएको हो। कार्यक्रमको संचलान वि.पि बिचार राष्ट्रिय समाज सल्यानका अध्यक्ष नेत्र वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस