चर्चित नायक बिराज भट्ट भोली पहिलो पटक दाङ आउदै

दाङ, ०९ फागुन ।
नेपाली चलचित्र क्षेत्रका हस्ती सुपर स्टार क्यासन हिराे बिराज भट्ट भोली फागुन १०गते पहिलो पटक दाङ आउने भएका छन । कला र सस्कृतिलाई संरक्षण गरौ भ्रमण बर्ष २०२० लाई सफल पारौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको हापुरे ब्यापारिक तथा पर्यटन महोत्सव २०७६को अन्तिम दिन भोली प्रस्तुति रहेकाले बिराज भट्ट दाङ आउन लागेको आयोजक समितीले जनाएको छ ।

नायक भट्ट यस अघि दाङ जिल्लाका कुनै पनि कार्यक्रममा सहभागी भएका छैन्न । उनको यो दाङ जिल्लामै पहिलो कार्यक्रम रुपमा रहने छ ।
त्यसै गरी महोत्सवमा शनिवार चर्चित गायक कृष्ण रेउले, गायक एवम मोडल एच.आर मगर, मोडल चन्द्र वली(फौजी) हास्य कलाकार झग्गु भण्डारी, डान्सर करिना डाँगी लगाएतको बेजोड प्रस्तुती रहने र भोली नै महोत्सव औपचारिक रुपमा समापन गरिने हापुरे महोत्सवका कार्यक्रम संयोजक मान बहादुर खर्लुकले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस