२० बर्ष पछि कालखाेलामा “भाेटे” मेला

तुलसीपुर, ०९ फागुन ।

तुलसीपुर उपमहानगरपालिका–७ को आयोजनामा  कालाखोला स्थित २० बर्षकाे अन्तरालमा भाेटे मेलाकाे आयोजना गरिएकाे छ ।  दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष एवं मेला मुल समितिका सयोजंक टोपबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आज भोटे मेलाको उद्घाटन गरेका हुन् । महाशिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको मेलामा सहभागिहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले  भोटे मेलालाई स्थानिय पाठ्यक्रम भित्रको एउटा अध्ययनको विषय बनाउने र भाेटे मेलाकाे छुटै महत्व रहेकाे र यसलाइ जागाउनु पर्नेमा जाेड दिए ।

सो अवसरमा स्थानीय घोडा व्यवसायीका घोडाहरू बीच घोडा दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्स्तै मेलाको पहिलो दिन कृष्ण रेउले, देबेन्द्र बस्नेत, प्रेम विवश घर्ती, नविन वली र एचआर मगर लगाएतका कलाकारहरुले प्रस्तुती राखेका थिए । सो अवसरमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन दिपक कुमाल र सन्तोष केसीले गरेका थिए भने मेलाको भोली शनिवार समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस