“मेरो जित भनेकै जनता को जित हो” :निवर्तमान सभामुख कृष्ण बहादुर महरा

दाङ, १२ फागुन ।

दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताए ।‘ मेरो जित नै जनताको जित हो’ उहाँले भन्नुभयो‘ जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जित भयो ।’ उनले जनताको भावना अनुसार काम गर्ने पनि प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने समेत बताए ।‘ नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो’ उनले भने‘ त्यसकालागि म सधै लडिरहनेछु ।’

बलात्कार प्रयास आरोपमा सफाई पाएपछि निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्रमा आएका छन् । उनलाई दाङका बिभिन्न स्थानमा भव्य स्वागत गरिएको छ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भई सभामुख बनेका महराले बलात्कार प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए ।

केही दिन पहिले काठमाडौँ जिल्ला अदालतले महरा निर्दोष रहेको फैसला गरेपछि उनी कारागार मुक्त भएका हुन् । संसद सचिवालयका कर्मचारी रोशनी शाहीले आफु माथी बलात्कारको प्रयास गरेको भन्दै उजुरी गरेपछि उहाँले पदबाट राजीनामा दिएका थिए ।

करिब तीन महिना प्रहरी हिरासत र कारागारमा बसेका महरालाई अदालतले निर्दोष सावित गरेपछि आफुलाई फसाउने षडयन्त्र भएको तर आफुले जितेर आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस