राष्ट्रपति भण्डारीको भ्रमणमा स्थानिय स्तरमा सार्वजनिक बिदा

काठमाण्डौ, १५ फागुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ । पूजाआजा र भवन उद्घाटन राष्ट्रपति जाने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारी शुक्रबार बिहान १० बजे डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।भण्डारी आउँदो शनिबार काठमाण्डौ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस