बन्दको सदुपयोग गर्दै ट्राफिक प्रहरी

दाङ, २१ फागुन ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले फागुन २० र २१ गते बन्दको दिन सदुपयोग गरेको छ । बन्दको दुई दिन ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर क्षेत्रमा रहेका जेब्रा क्रसिङहरुमा कलर लगाएर रंगाउने काम गरेका छन ।

बन्दका दिन सवारी साधन नचल्ने हुदा अरु दिन भन्दा बन्दका बेला बाटोमा रहेका जेब्रा क्रसिङहरु रंगाउदा काम गर्न सजिलो हुने र रंङ पनि बस्ने भएकाले यो समययलाई उचित ठान्दै काम गरिरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र.ना.नि नन्द कुमार पोखे्रलले जानकारी दिनुभयो ।

बन्दको प्रभाब तुलसीपुर क्षेत्रमा पनि देखिएको थियो । लामो तथा छोटो दुरीका सवारी साधन नचलेपनि निजी सवारी साधन भने फाँटफुट चलेका देखिन्थे ।

प्रतिक्रिया दिनुहोस