तुलसीपुर,२१फागुन ।
जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरस भित्रिन सक्ने भन्दै सजगताका लागि अनाबश्यक मेला, भेला, सभा, सम्मेलन र महोत्सव नगर्न अनुरोध गरेको छ साथै दाङको तुलसीपुर उपमहानगरपालिकाले ठूलो संख्यामा मानिस जम्मा हुने खालका कार्यक्रम नगर्न नगरवासीलाई समेत अनुरोध गरेको छ ।
दाङको बबई गाउँपालिकाले पनि गाउँपालिका भित्रका सबैजनालाई ठूलो संख्यामा मान्छे जम्मा हुने गरि कार्यक्रम नगर्न निर्देशन दिएको हो ।कोरोना भाईरस भित्रिन सक्ने भन्दै उच्च सजगताका अपनाउन समेत जिल्ला प्रशासन कार्यालय दाङले सबैलाइ अनुराेध गरिएकाे छ ।