कोरोना भाईरस बिरुद्घको तयारी शुन्य

दाङ, २३ फागुन ।
देशभर कोरोना भाईरसको त्रास फैैलिरहेका बेला दाङको तुलसीपुरमा भने कोरोना भाईरस बिरुद्घको तयारी शुन्य जस्तै देखिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका लगाएत स्थानिय निकायहरुलेभेला,मेला, महोत्सव गर्न रोक लगाएको बिज्ञप्ती जारी गरे पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भने कोरोेना भाईरस बिरुद्घको केही कार्यक्रम नै नरहेको जानकारी प्राप्त भएको छयती सम्म की अस्पतालमा कोरोना भाईरसका लक्षणहरु, कोरोना भाईरसबाट कसरी बच्ने भन्ने समेत अस्पताल परिसरमा कही कतै लेखिएको पाईएन ।

दाङ कोरोना भाईरसको उच्च जोखिममा रहेको जिल्ला हो । दैनिक रुपमा काठमाण्डौ बाट मात्र ३५–४०यात्रुवहाक बस दाङ भित्रिन्छन यस बाट पनि हामी प्रस्ट हुन्छौ की हामी राजधानी संग निकै नजिक बाट जोडिएका छौ । कोरोना भाईरस राजधानी भित्रिनु भनेको दाङनजिक पुग्नु हो ।

बिभिन्न जिल्लाहरुमा कोरोना भाईरस बिरुद्घको तयारी ब्यापक रुपमा गरेको पाईन्छ तर दाङको तुलसीपुरमा भने कोरोना भाईरसको लक्षण देखिएमा के गर्ने र कहाँ उपचार गर्न जाने भन्ने सम्मको तयारी नभएको पाईन्छ ।
यसरी यो संक्रमणकालिन अवस्थामा बिशेष रुपमा स्वास्थ्य क्षेत्र, प्रदेश सरकार, स्थानिय सरकार र सरोकारवाला निकायहरुले आम जनताको स्वास्थ्यको बिषयमा बिशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस