गोर्खा मोडेल कलेजकाे बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

दाङ, २३ फागुन ।

गोर्खा ग्रुप द्वारा सन्चालीत गोर्खा मोडेल कलेजका व्यवस्थापन संकाय द्वितिय र तृतिय बर्षका बिध्यार्थीहरुले प्रथम वर्षका बिध्यार्थीलाई स्वागत तथा चौथो बर्षमा अध्ययनरत छात्र छात्रालाई बिदाई गरेका छन् तृतिय बर्षमा अध्ययनरत छात्र तुफान सापकोटाको सभापतित्व एवंम् गोर्खा स्कुल तुल्सिपुरका उपाध्यक्ष डोर ब जिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिबिध रमाइला नृत्य , मुक्तक, गजल, तथा गित प्रस्तुत गरिएको थियो ।

एमेशन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ” शिक्षाको राप ताप्न सके मात्रै बिध्यार्थीहरुको जिवन सफल हुने ” प्रमुख आतिथी डोर ब जिसी बताउनु भएको थियो कार्यक्रममा गोर्खा स्कुल तुल्सिपुरका प्रीन्सिपल बिजयमान जि एम , गोर्खा मोडेल कलेजका सहायक क्याम्पस प्रमुख डम्बर डांगी , एकाडेमीक कोर्डीनेटर बेद प्रकाश भट् राई , लेक्चर डिल्लिराज धिताल लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण गायक एच आर मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस