राष्ट्रिय जनजागरण अभियानकाे प्रथम जनभेला सम्पन्न

फाल्गुन २५, दाङ । राष्ट्रिय जनजागरण अभियान नेपाल राष्ट्र चिन्नतनका का लागि भन्ने मुल नाराका साथ तुलसीपुर युवा समुहकाे आयाेजनामा प्रथम जनभेला हाेटेल वेस्टर्न प्यालेस तुलसीपुर दाङमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जनजागरण अभियानका अभियन्ता प्रेम कैदीले भ्रष्टाचार अन्त्य, MMC विधेयक खारेज, प्रदेश नम्बर पाँचकाे राजधानी दाङ हुनुपर्ने लगाएतका प्रस्तावहरु अघि सार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जनजागरण अभियानका अभियन्ता प्रेम कैदी, बिशिस्ट अतिथि बालाराम शाह, कर्ण बहादुर केसी अन्य अतिथिहरुमा घनश्याम पुन मगर, सन्तोष भण्डारी (चरि) लगाएतका रहनु भएको थियो । मीनराज गुरुङकाे स्वागत मनतव्यबाट शुरु भएकाे कार्यक्रम सञ्चालन अङ्कित बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस