चैत १५बाट अटाे चालकहरूलाई परिचयपत्र र ज्याकेट अनिवार्य

दाङ, ०१ चैत ।

तुलसीपुरमा सञ्चालनमा रहेको तिन पाङ्ग्रे अटो टेम्पोहरुका चालकहरुले अब अनिवार्य रुपमा परिचय पत्र र फलोरेन्स ज्याकेट लगाउन पर्ने भएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको अगुवाईमा अटो संञ्चालन गरिरहेका प्रा.लिका पदाधिकारीहरु संगको समव्न्यमा शनिवार यस्तो निर्णय भएको हो ।

तुलसीपुरमा अटो अब्यवस्थित भएको भन्दै ट्राफिक प्रहरी कार्यालयले यस्तो कदम चालेको हो । कार्यक्रममा सार्वजनिक मालिका कालिका यातायात प्रा.लि अध्यक्ष दिलिप बि.क , पश्चिम छहरा यातायात प्रा.लिका अध्यक्ष माेहन बि.क,नमस्ते एकता यातायात प्रा.लिका अध्यक्ष बेद प्रकाश वली, मालिका कालिका यातायात प्रा.लिका शाखा प्रमुख प्रिति भण्डारी, शिद चमेरु गुफा यातायात प्रा.लिका अध्यक्ष अकबर धर्ती, त्रिनेत्र यातायात प्रा.लिका अध्यक्ष किरण शर्मा लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

यसै कार्यक्रम बिच चैत १५गते भित्र सम्पुर्ण प्रा.लिका पदाधिकारीहरुलाइ उत्त निर्णय कार्यनव्यन गर्नमा सहयाेग गर्न र आ–आफनो प्रा.लिमा रहेका अटोहरु ब्यवसायीहरुलाई फलोरेन्स ज्याकेट र परिचय पत्रको ब्यवस्था मिलाउन समेत ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र.ना.नि नन्द कुमार पोख्रेलले आग्रह गर्नुभएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस