खुकुरी प्रहारबाट घाईते डाँगीको उपचारको लागि काठमाडौँ लैजादै गर्दा मृत्यु

दाङ, ०३ चैत ।

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट गम्भिर घाईते भएका डाँगीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अस्पताल रोड निवासी २३ बर्षीय हिरा डाँगीको उपचारका लागि नेपालगञ्ज देखि हेलिकप्टरबाट काठमाडौँ लैजादै गर्दा मंगलवार दिउँसो ३ बजेतिर बाटोमै मृत्यु भएको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रेफर गरिएको थियो । डाँगीलाई त्यहाँ पनि उपचार संभव नभएपछि हेलिकोप्टर मार्फत नेपालगञ्जवाट काठमान्डौं लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । मृतक डाँगीको काठमाडौँमै अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालका अनुसार तुलसीपुर ६ गौलौरा निवासी अनुप बस्नेत लगाएका ४/५ जना युवाहरुको समुहले डाँगी माथि सामान्ने विवादमा खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थियो । मृतक डाँगी फूटवल खेलाडी समेत रहेका थिए । उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन ।  साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस