‘डाँगी’को सम्झनामा एक मिनेट मौनधारण

दाङ, ०५ चैत ।

दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी हत्या गरिएका हिरा डाँगीको सम्झनामा राप्ती बवई क्यामपस नेपाल बिद्यार्थी संघ ईकाइ कमिटि तुलसीपुरको आयोजनामा एक मिनेट मौनधारण कार्यक्रम गरिएको छ । डाँगी बिगत लामो समय देखि राप्ती बवई क्यामपसमा अध्यन्रत थिए ।
कार्यक्रममा बसन्त बस्नेतको सभापतित्वमा, रेशम खराल, अनिल कार्की, भरतराज लामिछाने, अरुण लहरे, प्रभास लामिछाने, आशिष कार्की, रेशम पौडेल,सुसिल वली, सन्तोष लामिछाने, लक्ष्मण खत्री, यज्ञराज सर्मा,बिवेक के.शी, बिनिल के.शी, रोहित देवकोटा, मनोज कुमार के.शी, हिमालयन श्रवण देवकोटा, हिमाल कडेल, टेकन कडेल लगाएत क्यामपसका शिक्षकहरु र बिद्यार्थीहरुको उपस्थिती रहको थियो ।
कार्यक्रममा राप्ती बवई क्यामपसका प्रधान्याध्यापक भुवराज रावत लगाएत बिद्यार्थी नेताहरुले सम्वेदना सहित हार्दिक श्रदाञ्नजली मनतव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस