त्रिवि विश्वविद्यालयले परीक्षाहरु नियमित गर्ने

 

काठमान्डौ,५ चैत्र ।त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले विश्वविद्यालय भित्र गरिने सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला, खेलकुद जस्ता कार्यक्रमहरु हाललाई स्थगित गर्ने भएको छ ।

त्यस्तै त्रिविले विश्वविद्यालयले परीक्षाहरु भने नियमित गर्ने भएको छ । त्रिविका परीक्षार्थी तथा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने व्यवस्था, सेनिटाइजरको व्यवस्था, तथा सम्भव भएमा हेल्प डेस्कको व्यवस्था गर्न समेत त्रिविले मातहतका सबै क्याम्पसलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस