दाङ,०६ चैत्र ।
“गालामा दारी काधमा जिम्मेवारी” भन्ने मुल नाराका साथ दाङ,घोराहीको अम्किेश्वरी मन्दिर परिसरमा चैत्र ०८ गते शनिवार दाङ जिल्ला दारी ग्याङको पाँचौ मासिक भेला कार्यक्रम हुने भएको छ ।
भेलामा समाजमा युवाहरुमा बेरोजगारी र लागु औषध कारणले हुने गरेका सामाजिक दुर्घटनाको अन्त्य कसरी गर्ने, गाँउ समाजमा हुने गरेका बिकाशका कामहरुमा दारी ग्याङमा आबद्ध रहेका युवाहरुलाई बिषेश सक्रिय कसरी बनाउने भन्ने बिषयमा छलफल गरिने दारी ग्याङ दाङका सदस्य सन्तोष भण्डारी ‘चरी’ले जानकारी दिनुभयो ।