कोरोना भाईरसको त्रास सर्बत्र कैदीबन्दीको संख्या घटाउन सरकारलाई निर्देशन

दाङ, ०६ चैत्र ।

प्रतिनिभिसभाको कानुन न्याय तथा मानव अघिकार समितिले तत्काल कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहिवार बसेको समितिको बैठले कारागारमा कोरोना भाईरस संक्रमण भएमा जटिल परिस्तिथीको सामना गर्नुपर्ने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा दोब्बर तेब्बर कैदीबन्दी राखिएको छ । मानब अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले बिदेशमा यस्तो अभ्यास भईसकेको र नेपालमा पनि कैदीबन्दीको संख्या घटाउन निर्देशन दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस