राष्ट्रिय सभामा काेराेनाकाे त्रास, बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौँ, ०७ चैत्र ।
कोरोना भाईरसको संक्रमणको जोखिम कम गर्न र थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सरकारले २५ जना भन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहिवार राष्ट्रिय सभा बैठक बसे पनि शुक्रबार भने अनिश्चतकाल सम्मका लागि स्थगित गरिएको हो। राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले र्काय व्यवस्था परामर्श समिती सुझावका आधारमा शुक्रवार बस्ने भनिएको बैठक अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

कोरोना संक्रमण हुन नदिन सरकारले सबै शक्ति केन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकोले संघिय संसदका दुबै सदनको बैठक स्थगित गरिएको हो । प्रतिनिधी सभाको अर्को बैठक चैत्र १३गतेलाई सारिएको छ । यसअधि राज्यव्यवस्था समितिको बैठमा २५जनाभन्दा बढी भएपछि बिहिवार स्थगित भएको थियो । सरकारले संघिय संसदको अधिवेशन नै अन्त्य गर्ने सम्भावनाबिच राष्ट्रियसभा बैठक शुक्रवार पनि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस