ट्राफिक प्रहरीले गर्ने मापसे चेकजाच स्थगित

काठमाण्डौँ, ०७ चैत्र ।
कोरोना भाईरको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले गर्ने मापसे चेकजाच स्थगित गरेको छ ।  महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रशाद ढकालले मापसे जाचमा कोरोना भाईरको कारण रोक लगाएको जानकारी दिएका छन ।

यधपी, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाईने बताए । पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौ तर लरबराउदै कोही आउछ भने त्यस्ता ब्यक्तिलाई अस्पताल लगेर परिक्षण गराउँछौ र आफन्तको जिम्मा लगाउछौ, ढकालले भने ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेटना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस