पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यु

गाेरखा, ०९ चैत्र ।

पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएकाे छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एक सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।

उनका अनुसार तिन जनाको शव भेटिएको छ । मृतकको सनाखत भएको भने छैन । उद्धार कार्य जारी रहेको छ । १२ जना घाईतेको उद्धार भएको उनले बताए । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन गर्न नसकिएको उनले बताए  र घटनाको बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस