गणेशपुर पार्कको चिडियाघरमा रहेको बाघ भाग्यो

दाङ, १० चैत्र ।
गणेशपुर पार्कको चिडियाघरमा राखिएको बाघ भागेको छ । शनिवार जिल्ला वन कार्यालयबाट कास्कीबाट ल्याईएको बाघ आज बिहान खोरबाट भागेको हो ।बाघ बस्ने खोरको उचित ब्यवस्थापन नहुदा बाघ भागेको हुन सक्ने आशंका गरिएको छ । भागेको बाघको उमेर ४ बर्ष बताईएकाे छ ।

पार्कमा पहिले नै एउटा बाघ रहेको र ल्याईएको नयाँ बाघ भागेको पार्क निर्माण समितीका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो ।बाघको खोजी कार्य सुरु गरिएका समेत पार्क निर्माण समितीले जानकारी दिएको छ ।

गणेशपुर बन क्षेत्र वरिपरीका बासिन्दालाई सर्तक रहन समेत पार्क निर्माण समितीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस