काेराेनाकाे आशंकामा राप्ती प्रादेशिक अस्पतालकाे आइसोलेसन वार्डमा एक महिला निगरानीमा

दाङ, १२ चैत्र ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमाको आइसोलेसन वार्डमा एक महिलालाई निगरानीमा राखिएको छ । कोरोना भाइरससंग मिल्दोजुल्दो सामान्य लक्ष्यण देखिएपछि बबई गाउँपालिका निबासी २१ बर्षिया ती महिलालाई आइसोलेसन वार्डमा राखिएको हो ।

उनि कतारबाट गएको चैत्र ४ गते नेपाल आईपुगेकि थिइन । दाङमा ५ गते आइपुगेकी ती महिलाई संकास्पद लक्ष्यण देखा परेपछि राप्ती प्रादेशिक अस्पतालमा ल्याएर निगरानीमा राखेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

महिलालाई भोलि बिहिबार नै बेलझुण्डीमा रहेको एक सय वार्डको क्वारेन्टाइनमा राखिने मेसु शर्माले जानकारी दिए । कोरोना भाइरस भए नभएको पत्ता लगाउनका लागि ती महिलाको नमुना परीक्षणका लागि काठमाण्डाै भोलीलै पठाइने छ । रिर्पोट आउन ३६ घन्टा समय लाग्ने चिकित्सकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस