दाङकाे बेलझुण्डीमामा ३० बेडको आईसोलेसन वार्ड तयार

दाङ, १३ चैत्र ।

कोरोना भाईरसको प्रकोप फैलिन नदिन दाङको बेलझुण्डीमा ३० वेडको आइसोलेसन वार्ड तयार गरेको हो ।। प्रदेश सरकार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सहकार्यमा उक्त वेड तयार पारिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल वुधबारदेखि सञ्चालनमा आएको हो । अहिले ३० सैया भएपनि केहसमयपछि बढाएर एकसय बेड बनाउने तयारी रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु) डा. सर्बेश शर्माको नेतृत्वमा जनशक्ति खटाइएको हो ।

अहिले उक्त अस्पतालमा ६ जना चिकित्सक, २० जना स्टाफ नर्स, २० जना प्यारामेडिक्स र ६ जना कर्मचारीसहित कुल ५२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । अस्पतालका लागि तुलसीपुर उपमहानगरपालिका  र नेपाल रेडक्रस सोसाइटीले एक–एक वटा एम्बुलेन्स समेत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस