बिश्वमा काेराेना भाईरसबाट मृत्यु हुनेको संख्या २१ हजार २सय

काठमाण्डौँ, १३ चैत्र ।
कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २१ हजार २सय पुगेको छ। गत २४ घण्टामा बिश्वभर २ हजार ३ सय ६ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ३१ जना र अमेरीकामा १५६ जनाको मृत्यु हुनेको संख्या थपिएको छ । त्यसैगरी चीनमा भने ६ जना नयाँ मृत्क थपिएका छन ।

यससंगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ जना पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित रहेका छन । स्पेनमा मृत्युहुनेको संख्या बढेको छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सुचीमा दोस्रो स्थानमा रहेको छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

सबै भन्दा धेरै मानिसको मृत्यु भएको देशको सुचीमा भने इटली रहेको छ । इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन । अमेरीकामा १ण् हजार ९ सय ४१ जना संक्रमित थपिएका छन भने ९ सय ३५ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस