तिलोत्तमा नगरपालिकाले “लकडाउन” अवधिभर खाद्यन्न बितरण गर्ने

बुटवल, १३ चैत्र ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुर गरेर जिविकोपार्जन गर्दै आएका अति बिपन्न परिवारलाई लकडाउन अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।

कोरोना भाइरस सक्रमण जोखिमका कारण देशव्यापी लकडाउन भएकाले मजदुरी गर्न नपाउदा छाक टार्न समेत समस्या हुने हुदा त्यस्ता परिवारका लागि तत्काल प्रति परिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्याईदिने ब्यवस्था नगरपालिकाले गर्ने निर्णय बिहिवार गरेको हो ।

नगरका १७ वटै वडामा करिव ८ सय अति बिपन्न परिवार रहेको अनुमान गरी खाद्ययान्न व्यवस्था भएपछि यो निर्णय गरिएको नगरप्रमुख बासुदेब धिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस