धनगढीमा भेटिय नेपालको चौथो कोरोना संक्रमित

कैलाली, १४ चैत्र ।

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।
उनको धनगढी स्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

डा‍‍. देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।  दुबई बाट आएका उनी ३४ वर्षका नेपाली नागरिक  हुन । उनको अवस्था खतरामुक्त रहेको डा. देवकोटाले जानकारी दिए।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। “उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।” यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस