बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा देखियो पाँचौं कोरोना भाइरसको संक्रमण

काठमाडौं, १५ चैत्र ।

नेपालमा कोरोना भाइरस संक्रमणको पाँचैौ केस पुष्टि भएको छ। २२ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी हुन्।

स्वास्थ्य मन्त्रालयले भिडियो पत्रकार सम्मेलन मार्फत् यसको जानकारी दिएको हो। उनी कतार एयरलाइन्सको क्युआर ६५२ बाट नेपाल आएकी हुन्।  यसअघि एक जना १९ वर्षीया किशोरीमा पनि कोरोना भाइरस देखिएको छ।  यी दुवै एकै जहाजबाट आएका हुन्।

प्रतिक्रिया दिनुहोस