कोरोना संक्रममणबाट स्पेनकी राजकुमारीको निधन

एजेन्सी

स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ ।कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ ।

स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस