दङ्गिशरण १ मा कोरोना बिरुद्ध सचेतना अभियान

दाङ १६ चैत्र ।

विश्वभरी कोरोना भाईरसको त्रास बढी रहेको बेला दङ्गिशरण गाउपालिका वडा नम्बर १ले बाकीमा कोरोना बिरुद्ध सचेतना अभियान सुरु गरेको समाजसेवी माधव बिष्टले जानकारी दिनुभएको छ। उहाँले कोरोनाले विश्व आतंकित बनाई रहेकोले दङ्गिशरण १ पनि मानिसको आवतजावत बढी हुने ट्रान्जिट प्वाईन्टको रुपमा स्थापित भई सकेकोले कोरोना सम्बन्धि सचेतना अभियान लिएर अघि बढेको बताउनुभयो ।
कोरोना लागेको कसरी थाहा पाउन सकिन्छ, कोरोनाका लक्षण के के हुन्, योबाट बच्नका लागि के के गर्न सकिन्छ, यो अवस्थामा नागरिकहरुलाई चेतना बस्ती बस्तीमा पुर्‍याउन अभियान सञ्चालन गरेको उहाँको भनाई थियो ।

कोरोनाबाट बच्ने उपायहरू अपनाउनु पर्ने साबुन पानीले हात थुने, भिडभाडँ नजाने, हात नमिलाउने,अनुहारमा माक्स लगाउने लगायत को नारालाई दङ्गिशरण १ का हरेक चोकचोकमा गई अभियानकर्ताको रुपमा जानकारी गराउने मुख्य कर्तवय हो भन्ने समेत समाजसेवि बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस