यश क्लवद्दारा राहत बितरण

बिराटनगर, २३ चैत्र ।

  बिश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसले यति बेला देशको सबै स्थानमा त्रासको बाताबरण तयार भएको छ । कोरोना भाइरसको संक्रमणलाई हटाउन तथा न्यूनीकरण गर्न सरकारले लकडाउन गरेको पनि ८ दिन भैइसकेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउन गरेपछि कतिपयलाई खान बस्न को समेत समस्या भएको छ । कोरोनाबाट सिर्जित भयावह अवस्थामा सरकार साथै विभिन्न संघसंस्थाले राहत वितरण कार्यलाइ तिब्रता दिने काम गरेका छन। यसैविच विराटनगरमा पनि कोरोना भाइरसको कारण बिपन्न तथा गरिबहरुलाइ पर्न गएको समस्यालाई मध्ये नजर गरेर बिराटनगरमा सामाजिक कार्यको लागि स्थापना भएको ‘यस क्लब’ले राहत वितरण कार्यलाइ अगाडि बढाएको छ।

क्लबले विराटनगर १७ मा रहेको गरिब, विपन्न तथा एकल महिला, अपांग , घर बिहिन १ सय २० परिवारलाई शनिबार राहत वितरण गरेको छ। क्लबका सदस्यहरु तथा समाजका अग्रजहरुको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरेको क्लबका सदस्य हमिद अजादले जानकारी दिएका छन् । क्लबले यस्तो विषम परिस्थितिमा आफूहरूले सक्ने सहयोग गर्न सधै तत्पर रहेको समेत सदस्य सन्जय थापाले बताए ।

सदस्य थापाले अहिले देशको लागि नै भयावह अवस्था सिर्जना भएको छ ,यस्तो परिस्थितिमा जो जहाँ छन् त्यही ठाँउबाट आफूले सकेको सहयोग गर्ने बेला आएको समेत बताएका छन् । शनिबार भएको राहत बितरणमा क्लबका सदस्यहरु हमिद अजाद, संजय थापा, भानु अधिकारी, विकास श्रेष्ठ , मोहन चौधरी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस