तुलसीपुर उपमहानगरपालिका वडा नं.०९ द्वारा राहत सामाग्री बितरण

दाङ, २५ चैत्र ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.०९ ले वडा नं.०९ अमृतनगर टाेल  स्थित गरीब तथा बिपन्न  ६४ घर  परिवारका लागि खाधान्न सामाग्री बितरण गरेेेेकाे छ। राहत सामाग्री वडा नं.०९ ले अमृतनगर टाेल बिकाश संस्थाकाे सहकार्यमा बितरण गरेकाे हाे ।

देश पुरै लकडाउनकाे अवस्थामा रहेका बेला बिहान बेलुका काम गरेेेर हातमुख जाड्ने बर्गका परिवारहरुकाे छनाैट गरि खाधान्न  , साबुन , तेल , माक्स लगायतका सामाग्री  बितरण गरिएकाे हाे ।

लकडाउनकाे  समयमा काेेहि पनि परिवार भाेेकै बस्नु   नपराेस भन्नका निम्ती यस समयमा वडा नंं.०९ले राहत बितरण कामलाई  प्रथमिकतामा राखेकाे वडा अध्यक्ष   घन्श्याम ढकालले जानकारी दिनुुभयाे ।

ढकालले लकडाउनकाे अवधिभर सबैलाई सुरक्षित रहन समेत अाग्रह गरेका  छन ।

 

 

प्रतिक्रिया दिनुहोस