स्वतन्त्र युवा क्लवले गर्याे दाङका ६ ठाँउमा हात धुने व्यवस्था

दाङ,२५ चैत्र ।

कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा आफु पनि बचौं र अरुलाई बचाउँ भन्ने उद्धेश्यले स्वतन्त्र युवा क्लव तुल्सीपुर दाङले विभिन्न ठाउँमा हात धुने सावुन, बाल्टीनर पानी राखेको छ ।

तुलसीपुर उपमहानगरपालीका ६ को राजापुर र मोतीपुर गरी ६ ठाउँमा राखेर सहयोग गरेको हो । नेपाल लकडाउन भईरहेको अवस्थामा अत्यावश्यक सामाग्री किनमेल गर्ने व्यक्तिले घरभित्र प्रवेश गर्न भन्दा अगाडी अनिवार्य साबुन पानीले हात धुनु पर्ने आवश्यक भएकाले यसको व्यबस्था  गरीएको क्लबका अध्यक्ष सन्दिप गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको महामारिबाट बच्न सबैले सतर्कता अपनाउनु पर्ने उल्लेख गर्दै आ-आफ्नो ठाउँबाट सबै नेपालीले एक अर्कालाई सहयोगको भावनाका साथ अगाडी बढ्न क्लबले अनुरोध गरेको छ । उक्त क्लबले यस भन्दा अगाडिका दिनहरुमा पनि विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस