राहत संकलनमा जुटे तुलसीपुरका युवाहरु, राहत अपुग भएका क्षेत्रमा बितरण गरिने

तुलसीपुर,२९ चैत ।

दाङको तुलसीपुर तथा पश्चिममा रहेका पालिकामा अध्ययन गरि विभिन्न क्षेत्रमा कार्यरत युवाहरुले राहत संकलनमा जुटेका छन । उनिहरुले ”युवा फर प्रोस्परीटी ” (YUP) समुह नामाकरण गरी आफ्नो सामाजिक उत्तरदायित्वलाई संस्थागत तरिकाले निभाउन चाहेका छन् । हालको कोभीड(१९ को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीले अति प्रभावित भएका अतिविपन्न घरपरिवारलाई भोकमरीको स्थिती आउन नदिन लागि परेका छन् ।

युवाहरुले टेलिफोन वा अनलाईन सम्पर्क मार्फत आफ्नो देश विदेशमा रहेका शाथिभाई सँग अनलाईन बैंकिङद्वारा रकम जम्मा जम्मा गर्न पहल थालेका हुन । उनिहरुले छोटो समयमा नै रकम वा जिन्सी सामान संकलन गरि हाल सम्म २ हजार ५ सय ९० केजी चामल, १ सय ५ केजी दाल, ३४ केजी नून र ४८ थान साबुन जम्मा संकलन गरेका छन । यो संकलन कार्य अझै जारी रहने समूहका अग्रसर युवा तुलसीराम आचार्यले जानकारी दिएका छन । यसरी जम्मा भएको राहत सामाग्री आवस्यकता अनुसार स्थानिय जनप्रतिनिधि मार्फत सर्वदलीय सहमतीमा सम्बन्धित गाँउपालिका, नगरपालिकालाई उपलब्ध गराई वितरण गरिने छ । विसं २०७२ सालको भूकम्पमा पनि उनिहरुले ज्ञानज्योती कलेज – ईनोभेटीभ म्यानेजमेन्ट क्लबसँगको सहकार्यमा दाङमै राहत संकलन गरि धादिङका दुई वडामा आफै उपस्थित भै राहत वितरण गरेका थिए ।

भुकम्प भएको बेला आफ्नै गाँउ ठाउमा सामाजिक कार्य गर्दा पाएको ठुलो साथले यस समूहका युवाहरुबीच थप हौसला मिलेको हुदा यस समूहलाई संस्थागत गरी सामाजिक कार्यलाई जारी राखेको अर्का युवा अभय भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस