जनप्रतिनिधीद्धारा पत्रकार धानुकलाई धम्की र आक्रमणको प्रयास

कैलाली,३० चैत्र ।

सुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम तातो बहसका प्रस्तोता पत्रकार नवराज धानुकलाई आज कार्यक्रममै धम्की आएको छ ।पछिल्लो समय कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुका लागि आएको राहतको प्याकेजमा सुदूरपश्चिम प्रदेशमा भएको अनियमितता र भ्रष्टाचारको कार्यक्रम तातो बहस मार्फत उजागर गर्ने क्रममा आज पत्रकार धानुकलाई कार्यक्रममै धम्की दिइएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष र केहि व्यक्तिको मिलेमतोमा १६ कट्टा राहतको चामल जम्मा गरि स्टकमा राखेको खबर प्राप्त भएसँगै उक्त कुरा कार्यक्रम तातो बहसमा उठान गरिएको थियो ।उनले आफु सहित अन्य ६ जना लाई ल्याएर धानुक माथि आक्रमण गर्न खोज्दा वडा नम्बर ३ का नागरिकहरुले मुडभरीको समुहलाई रोकेका थिए । उनी नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।

त्तथपश्चात धानुकले  फेसबुकबाट लाइभ गर्दै कार्यक्रम सकिए लगत्तै केहि अपरिचित व्यक्तिहरु धनगढी उपमहानगरपालिका वडा नं. ३ विशालनगरमा रहेको रेडियो धनगढीको कार्यालयमा पुगेको र जबरजस्ती भित्र छिर्न खोजेपछी स्थानियले रोकेको बताएका छन् । पत्रकार धानुकले म असुरक्षित भएको छु भन्दै फेसबुक लाइभमा जोडिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस