मेरा बा र यो उज्यालो बिच खै के दुश्मनी छ कुन्नी ।
बा ले घामलाई घरमा नभेटेको

घामले मेरा बा लाई घरमा नदेखेको
बर्षौ भै सक्यो ।
सायद
बा लाई सम्झना छैन होला
घामलाई नि सम्झना छैन होला।
सम्झना छ त केवल मेरि आमालाई छ।
किन कि
घरमा
घरका कोठामा
आगनमा
अगेनामा
मेरा बा लाई उज्यालोमा कहिले भेटिनन
मेरि आमाले ।

भालेको डाको भन्दा पहिलै
मेरा बा को डाको हुन्छ हाम्रो घरमा
र हुन्छ बा सङ्ग रित्तो घाँसको डोको
रित्तो दाउराको डोको
रित्तो स्याउला सोत्तर को डोको
अनि भरिएका मलका डोका।।।

कलेवा र लाटेकोसेरोले घरको सेरोफेरोमा बसेर उज्यालोको गित गाउनु भन्दा अगाडि नै
मेरा बा चण्डी पाठ गरिसक्नु हुन्छ।
घामले घरका झ्याल ढोका खोल्नु भन्दा पहिले नै
मेरा बा ले घरको दैलो टेकि सक्नु हुन्छ।
घामले डाडा काटेको खबर लिएर झ्याउकिरी नआउदा सम्म
मैलै बा लाइ बारीमा देख्छु
मैले बा लाइ पसिनाको बाढीमा देख्छु
खेतका आलिमा देख्छु
रुखका डालिमा देख्छु
कहिले गाइगोठको भकारोमा देख्छु
कहिले घरका धानको भकारिमा देख्छु।।।

खै कुन्नी कति बिगाहा रोपनि आना धुर हो जमिन
त्यो त लामा लामा फित्ता लिइ ढुङ्गे साध राख्ने अमिन लाई था होला।।
मेरि आमालाई त केवल
दिनको तीन भारी घाँस था छ।
ढाड खुइलिने गरि दाउरा बोकेको था छ।
दाउरा र घासको लागि
घाँस र दाउराको लागि
मेरि आमालाइ ढुङ्गे साध सिउनी था छ
हामिलाइ नया कपडा किन्दिन आफ्नो च्यातिएको चोलो
बीस ठाउमा सिउन था छ ।
मेरि आमालाई हामिलाइ जीवन भर जिउन सजिलो पार्न
बाजे बजैको जिउनी था छ।

झण्डै दस हिउद काटेको आमाको नया बर्को
जब आमा ओढ्नु हुन्छ ।
आधा आकाश देख्नु हुन्छ
आधा आङ छोप्नु हुन्छ।
किनकी आमा आधा आकास हुन
त्यही भएर त मेरि आमा आधा लगाउनु हुन्छ ।
आधा खानु हुन्छ।

पट्पटी फाटेका हत्केला
चरचर्ती फुटेका पैताला
मलिन मौन मुहार
कुप्रो परेको ढाड
चाउरी परेको छाला
यस्तै रैछ मेरि आमाको चोला
कहिले असिना पानी
कहिले चर्को घाम
मेरि आमालाई बारैमासे कामै काम
कहिले ऐसेलुको काडाले आमालाई जिस्काइरहन्छन
चुलोको धुवाले आमाका आँखा रसाइ रहन्छन
रसाउन त आमाका आखा घरको कौसिमा बस्दा नि रसाउछ्न ।
ठुल दाइ बिदेश जान्छु भन्दा पनि रसाएका थिए
म बिदेश जान्न भन्दा पनि रसाएका थिए
दाइ आउने बाटो हेरेर पनि रसाउछ्न
म नआउने बाटो हेरर पनि रसाउछन
तै पनि मेरि आमा
भोक नभनि
थकाइ नमानी
पूरा निन्द्रा नसुती
म भन्दा बीस बर्ष जेठो धोती लगाएर
बा सङ्ग चुपचाप चुपचाप बारीमा गइरहन्छिन
हो
मेरि आमा मेरा बा जस्तै लकडाउन उल्लंघन गरिरहन्छिन।