काभ्रे र धादिङमा भेटिए ३ जना कोरोना संक्रमित, संक्रमितकाे संख्या १९ पुग्याे

काठमाडौं,०२ बैशाख ।

मंगलबार थप ३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । मंगलबार र्यापिड टेष्टको क्रममा काभ्रे जिल्लामा २ जना र धादिङ जिल्लामा १ जनामा कोरोना संक्रमित भेटिएको हो ।

सरकारले विदेशबाट आएको मन्छेको कन्ट्याक टेर्सिङ गरेर र्यापिड टेष्ट गरेसँगै कोरोना संक्रमितको संख्या उच्च रुपमा बढेको हो ।

हाल काभ्रे र धादिङ र्यापिड टेष्टको क्रममा कोरोना संक्रमण भेटिएकाहरुको थप स्वाव परीक्षणका लागि केन्द्रिय ल्याव प्रयोगशालामा पढाईएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस