गाेरखा अारुघाटका युवामा काेराेना संक्रमण देखिएन

गोर्खा :-  र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट शंकास्पद देखिएका भनिएका गोरखा आरुघाटका ३० वर्षीय युवाको प्रयोगशाला परीक्षणमा कोरोना नेगेटिभ आएको छ ।

बहराइन बाट गत फागुन २३ गते आएका गोरखाको आरुघाट गाउँपालिका –५ का ३० वर्षीय युवाको दु्रत परीक्षणका क्रममा मंगलवार रियाक्टीभ देखिएको बताइएको थियो ।

रियाक्टीभ देखिए संगै उनको नमुना (स्वाव) पिसिआर परीक्षणका लागि पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा रिर्पाेर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस