हेटौंडामा र्‍यापिड टेस्टमा ४ जनामा कोरोना एन्टीबडी पोजेटिभ

हेटौंडा, ४ वैशाख ।

हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको एन्टीबडी पोजेटिभ देखिएको हो ।

भारत विहार घर भई हेटौंडा–४ आफन्तको घर आएकी ५५ बर्षीय महिला, भारतबाट फर्किएका हेटौंडा–२ का ६७ बर्षका पुरुष, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षका युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षका युवकको एन्टीबडी पोजेटिभ देखिएको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताए ।

उनीहरुमा कोरोना संक्रमण भएको वा नभएको पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरिएको उनले जानकारी दिए । हेटौंडा–१५ मा गरिएको र्‍यापिड टेष्टमा भने सबैको एन्टीबडी नेगेटिभ पाइएको छ ।

प्रतिक्रिया दिनुहोस