भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २ जनामा कोरोना संक्रमण

चितवन, ५ वैशाख ।

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका अनुसार ती दुवै जना व्यक्ति राप्ती नगरपालिकाका भएको बुझिएको छ । उनीहरू दुवैजना एक महिनाअगि विदेशबाट आएका थिए ।बिहीबार साे अस्पतालकाे प्रयाेगशालामा ५ जनाकाे पिसीआर परीक्षण गरेकाेमा ३ जनाकाे रिपाेर्ट भने नेगेटिभ देखिएकाे अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस