जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका थुनुवाहरुको कोरोना परिक्षणपछि मात्रै अदालतमा उपस्थित गराउने

धनगढी, ६  बैशाख।
कोरोना भाइरस (कोबिड १९) को जोखम बढेसँगै जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका थुनुवाहरुको परिक्षणपछि मात्रै अदालतमा उपस्थित गराउने अभ्यास सुरु भएको छ ।

विभिन्न अपराध र मुद्धामा अनुसन्धानका लागि राखिएका थुनुवाको कोरोना भाईरसको परीक्षण गरेर मात्र अदालतमा उपस्थित गराउने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनुसन्धानका लागि पक्राउ गरिएका ११ जनाको शुक्रबार कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस