तुलसीपुरमा लकडाउनकाे माैकामा काठ तस्करी

तुलसीपुर,०६ बैशाख।

तुलसीपुरमा अबैध रुपमा काटिएकाे सालका रुख फेला परेकाे छन । तुलसीपुर उपमहानगरपालिका ०८ अश्वारा स्थित रहेकाे अश्वारा सामुदायिक बनमा अबैध रुपमा काटिएकाे सालका दुइ रुख ‍(१९ क्यु फुट) लुकाइ राखेकाे अवस्थामा आज बिहान फेला परेकाे हाे  । 

लकडाउनकाे माैका छाेपी अबैध रुपमा रुख काटिएकाे र त्यँहाबाट काठ तस्करी गरी अन्यत्र लैजान तयारी भैरहेकाेमा स्थानिय ब्यत्तिहरुले सुचना पाएपछि तस्करहरु काठ छाेडी भागेका थिए ।  अबैध रुपमा काटिएकाे काठ स्थानिय जनप्रतिनिधीकाे राेहाेवरमा अश्वारा सामुदायिक बनका अध्यक्ष सुरमा बस्नेत र सचिब प्रेम वलीकाे जिम्मा लागाइएकाे छ ।

अबैध रुपमा रुख काट्ने ब्यत्तिहरुकाे खाेजी भैरहेकाे  वडा नं ०८ का वडाध्यक्ष बेद ब.केशीले डेली न्युँज बैक संग बताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस