राजमार्गमा हिडेका ९० पैदल यात्रीलाई खानाको व्यबस्था

सल्यान,६ बैशाख ।
पछिल्लो समय कोभीड-१९ अर्थात कोरोना भाईरसका कारण देशै लकडाउन छ।देशका बिभिन्न ठाउँबाट गन्तव्य सम्म पुग्ने यत्रुहरुको बिजोग छ राजमार्गहरुमा।यस्तो अप्ठयारो परिस्थितिमा आज
सल्यान उद्योग वाणिज्यसंघको अर्थिक सहयोग तथा होटल व्यवसायी संघ सल्यान, श्रीनगर बजार व्यवस्थापन समिति, सुनचाँदी व्यवासायी संघ सल्यान, सल्यान दृष्टिकोण र जेसिसको व्यवस्थापनमा श्रीनगरमा विहान अाएका ९० जनालाइ खाना खुवाइएको हो । शुक्रबार बेलुका दाङबाट कपुरकोटमा पुगेर बसेका पैदल यात्रीहरु अरिङगाले फेदीसम्म अएका हुन । जसमा सबैभन्दा बढ़ी कुमाख गाउँपालिकाका ३३ जना रहेको सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपक बोहोराले जानकारी दिए ।
उनिहरूलाइ कुमाख गाउँपालिकाले गाडिको व्यवस्था गरेको छ भने अन्य स्थानका बासिन्दाले स्वयम गाडि वुकिङ गरेर हिडेका छन । त्यस्तै जाजरकोट नलगाडका १९ जना, रूकुम बाँफिकोटका १ जना, सिद्धकुमाखका ११, शारदा नगरपालिका १९ र बागचाैरका ७ जना रहेका छन।४ दिन अघि देशका विभिन्न ठाउँबाट हिडेका उनीहरु खाना खाइसके पछि सबै जना खुसी हुदै आ-आफ्नो गन्त्वयमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस