अश्वारा सामुदायिक बनमा काठ तस्करी गर्ने खोज्ने स्थानिय चार जना पक्राउ

तुलसीपुर, ०७ बैशाख ।

अश्वारा सामुदायिक बनमा काठ तस्करी गर्ने खोज्ने स्थानिय चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ अश्वारा बस्ने सुवास वली, गर्धन बस्नेत, अबिशेष खत्री र लक्ष्मी प्रशाद भण्डारी रहेका छन् ।

उनिहरुलाई पक्राउ गरी जिल्ला वन कार्यालयका प्रतिनिधि दिपक ज्ञवाली, सामुदायिक बनका अध्यक्ष सुरमा बस्नेत, प्रहरी चौकी वेलुवाका प्र.स.नि. प्रदिप खड्का लगायतको रोहोवरमा वन ऐन नियम अनुसार लाग्ने जरीवाना भराई छोडिएको वडा अध्यक्ष वेद बहादुर के.सी ले जानकारी दिनुभयो ।
चारै जनालाई एक जना बराबर रु९८९० गरी जम्मा रकम रु३९५६० जरिवाना गरिएको उहाँले बताउनु भयो । बरामत गरिएकाे (१९ क्यु फुट) काठ अश्वारा सामुदायिक बनकाे जिम्मा लगाइएकाे छ ।

लकडाउनकाे माैका छाेपी अबैध रुपमा रुख काटिएकाे र त्यँहाबाट काठ तस्करी गरी अन्यत्र लैजान तयारी भैरहेकाेमा केही ब्यत्तिहरुले सुचना पाएपछि तस्करहरु काठ छाेडी भागेका थिए । वडा अध्यक्ष वेद बहादुर के.सी सक्रीयतामा  काठ तस्करीमा स‌ंल्गन ब्यत्तिहरु पक्राउ पर्न सफल भएका हुन ।

प्रतिक्रिया दिनुहोस