काेराेनालाई जित्दै कैलालीका २१ वर्षीय युवक घर फर्कीए

कैलाली,०७ बैशाख ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज  गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिनुभयाे ।  भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी  अस्पतालले डिस्चार्ज गरेपछि आइतबार घर फर्कीएका छन । धनगढीको सेती प्रादेशि अस्पतालमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री माननिय कृष्णराज सुवेदिले फुल दिदै उनको बिदाई गर्नुभयाे । त्यस्तै सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज माण्डेले माक्स र फुल दिदै बधाई समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस