लकडाउनका कारण तरकारी बेच्न नपाउँदा किसान मर्कामा

धनगढी, ०८ बैशाख ।
कैलालीका किसानहरुलाई लकडाउनका कारण उत्पादन गरी राखिएको तरकारी बिक्र्री तथा बितरणमा समस्या आएको छ । धनगढी उपमहानगरपालिका ०७ बेली खुटीया नदी किनारमा बिगत केही बर्ष यता तरकारी उत्पादन गरी बिक्रीे बितरण गरिरहेका किसानहरु यस बर्ष भने लकडाउनका कारण मर्कामा परेका छन ।

करिब ३५ बिगा जमिन भाडामा लिएर सिजनल तरकारी खेती गरिरहेका उनिहरु बजार ब्यवस्थापन नहुदा खान लाउन समेत समस्या परेको बताउँछन । एकातिर तरकारी बिक्र्री तथा बितरण गर्न नपाउदा कतिपय तरकारी कुहियर जाने समस्या रहेका र अर्कातिर आफुले चर्को ब्याजमा ऋण कारेर तरकारी लगाएको र लकडाउनका कारण ऋणको ब्याज तिर्न समेत हम्मे हम्मे परेका नदी किनारमा किसानी गरिरहेका सखिलले बताए ।

बारीमा सिजनल तरकारी लौका, फर्सी, टमाटर, घिरौला, करेला , काक्रा र तरभुजा रहेको र तरकारी बेच्दा पहिलेको रेट भन्दा आदा रेटमा बेच्नुपर्ने बाध्यता समेत रहेको किसानहरुले बताएका छन ।

किसानहरुले आफुहरुलाई तरकारीको बजार ब्यवस्थापन गर्नमा सहयोग गर्नका निम्ती स्थानिय सरकार र स्थानिय प्रशासनलाइ आग्रह समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस