उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाैँ, ०९ बैशाख ।

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालको कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमित थपिएर ३२ जना पुगेका छन् । जसमध्ये २८ जना उपचाररत छन् भने ४ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस