काेराेनालाई जित्दै कैलालीका ३४ बर्षीय कोरोना संक्रमित पुरुष पनि घर फर्कीए

धनगढी,०९ बैशाख ।

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेती प्रादेशिक अस्पतालमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए।

सेती प्रादेशिक अस्पतालमा तीन जना संक्रमितको उपचार भईरहेको छ। दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो।

प्रतिक्रिया दिनुहोस