बुधवार मात्रै थप दुईजना कोराना स्रंक्रमित निको भएर घर फर्किए

काठमाडौं ,१० वैशाख।

बुधवार मात्रै थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उनी  चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा  नेपाल आएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।

अर्का कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुरका ईन्द्रबहादुर बिक भारतबाट आएका हुन् । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेकाे हाे । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि  २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस