कोरोना संक्रमित एक महिला र एक पुरुष थपिए, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ बैशाख ।

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस